२२ कार्तिक २०८३, आइतबार

म्याद नाघेका अखाद्य बस्तु जफत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– मीना बुढाथोकी

सल्यान, ३ चैत । सल्यानमा म्याद नाघेका अखाद्य बस्तुहरु जफत गरी नष्ट गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वको एक टोलीले शुक्रबार जिल्लाको सदरमुकाम खलंगा बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरुको जफत गरेर नष्ट गरेको हो ।

सामानहरुको जफत गर्दै उक्त टोलीले म्याद नाघेका अखाद्य बस्तु बिक्री बितरण नगर्न व्यापारीहरुलाई आग्रह गरेको छ । अखाद्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसको बिक्री बितरण नगर्न टोलीले आग्रह गरेको हो ।

अनुगमनका क्रममा खलंगा बजार बाट सेन्चुरी खुर्सानी पाउडर ७ प्याकेट, पापड ७ पोका, भुजा ४ पोका, सेन्टर फ्रुटी १४ डिब्बा, म्यांगो फ्रुटी १९ वटा जफत गरेर नष्ट गरेको छ । यस्तै बटर फ्लाई बिस्कुट ६ वटा, ललिपप १५ डिब्बा, करेन्ट मसला ९ प्याकेट र पाठक दालमोट ३१ प्योकेट नष्ट गरेको छ ।

सहाक प्रमुख जिल्ला अधिकारी टण्डनको नेतृत्वमा प्रहरी निरिक्षक प्रेम शंकर चौधरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि महेन्द्र बस्नेत, घरेलु तथा साना उद्योग बिकास समिती सल्यानका बिजय चन्द, शारदा नगरपालिका २ का वडा अध्यक्ष केशब सिंङ श्रेष्ठ लगाएतको टोलीले आज बजारको अनुगमन गरेको थियो ।