२२ कार्तिक २०८३, आइतबार

छात्रालाई दुर्व्यवहार गर्ने प्याब्सन ललितपुरका अध्यक्ष पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । होस्टेलमा छात्रालाई दुर्व्यवहार गरेको आरोपमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की पक्राउ परेका छन् ।

ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टेलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । कार्कीविरुद्ध छात्राका आफन्तका साथै पीडित छात्राले प्रहरीमा उजरी दिएका थिए ।

कार्कीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।