लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आठौँ अधिवेशनको सम्र्पूण तयारी पूरा भएको छ ।
यही १७ मार्च शनिबारका दिन राजधानी लिस्बन स्थित आञ्जुसमा हुने अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष सुनिल संगमले जानकारी दिए । अधिबेशनले आगामी २ वर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
सो अवसरमा पोर्चुगलमा रहेर नेपाली भाषा, कला र साहित्यका क्षेत्रमा कलम चलाउंँदै आएका साहित्य अनुरागीहरुका बीचमा साहित्यिक मनथन समेत हुनेछ ।
समाजको नियमित कार्यक्रम अन्र्तगत १३औं रचना बाचन श्रृखला प्रस्तुत हुने अध्यक्ष संगमले बताए । साथै साहित्य अनुरागी सञ्जय लामाद्वारा लिखित कबिता संग्रह पुस्तकको बिमोचन कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी समाजसेवी, बुद्धिजीवी, ब्यबसायी, सञ्चारकर्मी लगायत सबै नेपालीहरुलाई समाजले बिशेष आग्रह गरेको छ । प्रवासमा नेपाली भाषा, कला, साहित्य र सँस्कृतिको सँरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धन गर्ने उद्धेश्यका साथ पोर्चुगलमा सन् २००३ मा उक्त समाजको स्थापना गरिएको अध्यक्ष सँगमले बताए ।
















प्रतिक्रिया