५ कार्तिक २०८३, बिहिबार

वीरगञ्जमा महिन्द्रा गाडीका लागि पार्ट बिक्री केन्द्रको स्थापना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । अग्नि ग्रुपले वीरगञ्जमा हालै पि डि आई ( प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टरतथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ ।

महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले केन्द्रको चैत १ गते सामूहिक रुपमा समुद्घाटन गरेका हुन् ।

पि डि आईसेन्टरको उद्घाटनका क्रममा सञ्जय ज्यादभले भने, ‘महिन्द्रा गाडीप्रतिको आमविश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको छ ।’

सेन्टरबाट गुणस्तरीयताको १०० प्रतिशत सुनिश्चितता प्राप्त हुनुका साथ साथै गाडीका सम्पूर्ण अवस्थाहरू जस्तैः गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिनआयल राख्ने जस्ता कार्यहरू गरिनुका साथै बोल्टहरुलाई कस्ने, आदिकार्यहरू हुनेछन् ।

स्पेयर पार्ट आउटलेटबाट यस क्षेत्र तथा वरिपरिका ग्राहकहरुलाई महिन्द्राको गुणस्तरीय पार्टपूर्जा सहज रुपमाउपलब्ध हुने विश्वास लिइएको कम्पनीले जनाएको छ । आगामी दिनमा कम्पनीले वर्क शपको स्थापना गरी ग्राहकवर्गमा सहज सेवाप्रदान गर्ने लक्ष्यलिएको जनाएको छ ।