१३ कार्तिक २०८३, शुक्रबार

यी नेता जसले देउवा गुटको बिकल्प खोज्दै छन्, पौडेललाई पनि छाड्दै नेताहरू

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । बीपी पुत्र डा. शशांक कोइरालालाई कोइारला परिवारका सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मिनेन्द्रप्रसाद रिजाल, महेश आचार्य, दिपक गिरी डा. नारायण खड्का, अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा, गोविन्दराज जोशी, सञ्जय गौतम, यज्ञबहादुर थापालगायतले साथ दिने भएका छन् ।

क–कसले छाड्दैछन पौडेललाई ?

नेता रामचन्द्र पौडेलको गुटबाट सबैभन्दा बढी असन्तुष्टी लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंह भएका छन् । गत साता भएको पार्टी संसदीय दलको निर्वाचनमा देउवासँग सर्मनाक हार बेहोरेका सिंहले नेता रामचन्द्र पौडेलले गुट समेत धान्न नसकेको भनेर गुनासो गरेका छन् ।

पौडेललाई केन्द्रीय सदस्य हृदयराम थानी, सरिता प्रसाईं, सञ्जय गौतम, कोइराला परिवारका सबै सदस्य, यज्ञबहादुर थापा, तेजुलाल चौधरीसहित दर्जनौं नेताले साथ नदिने भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

यी नेता जो देउवा गुटबाट अलग्गिन खोज्दैछन

सभापति शेरबहादुर देउवाले महाधिवेशनपछिका हरेक निर्णय श्रीमती आरजु राणाको सल्लाहमा मात्र गरेको भन्दै दोस्रो पुस्ताका नेता देउवासँग सबैभन्दा बढी रुष्ट भएका छन् ।

देउवालाई महाधिवेशमा नजिकबाट मरिहत्ते गरेर सहयोग गर्ने विमलेन्द्र निधि, गुटको सल्लाहमा निर्णय गरेर देउवालाई साथ दिएका खुमबहादुर खड्का, संस्थापन पक्षलाई टुक्र्याएर तेस्रो धार खोलेर सभपातिमा उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौलाको गुट समेत देउवाको पछिल्लो कार्यशैलीबाट सबैभन्दा बढी असन्तुष्ट भएको छ ।

महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीमा उम्मेदवार भएका अर्जुननरसिंह केसी प्रदेश र संघीय संसदका उम्मेदवार चयन गर्दा आफूलाई वाईपास गरेको भनेर बिरोध गरेसँगै देउवासँगको उनको सम्वन्ध चिसिएको हो ।

महाधिवेशनमा देउवाले सभापति जितेमा नेता निधि र खड्का दुवैलाई एउटै पद महामन्त्रीमा नियुक्ति गर्छु भनेर आश्वासन दिएका थिए । तर, दुवैलाई कुनै पद नदिई दुई बर्ष व्यतित गरेपछि देउवासँग दुवै नेता सम्वन्ध बिच्छेदको निष्कर्षमा पुगेका छन् ।

त्यस्तै, आफूपछि दोस्रो वा तेस्रो मर्यादामा राख्ने र महत्वपूर्ण निर्णयमा साथ र सहयोग गर्ने वचन दिएका देउवाले कुनै पनि महत्वपूर्ण निर्णय गर्दा आफूसँग सल्लाह नगरेको भन्दै कृष्णप्रसाद सिटौला उनीसँग चिडिएका छन् । देउवाले लिन मात्र जानेको र दिन कहिल्यै नजानेको भन्दै यूवा नेता चन्द्र भण्डारीसहितका नेता पनि देउवासँग चिडिएका छन् ।

उनीहरुले देउवालाई सभापतिबाट राजिनामा दिन र महासमिति बैठक बोलाई महाधिवेशनमा जाने निर्णय गर्नु पर्ने र प्रदेश तथा संघीय संसदमा पार्टीले बेहोरेको सर्मनाक हारको जिम्मेवरी लिँदै पदबाट राजिनामा दिनु पर्ने माग गरेका छन् ।

पार्टीको १३ औं महाधिवेसनमा देउवालाई सहयोग गरेको पूर्वसहमहामन्त्री गोविन्दराज जोशी नेतृत्वको गुटले समेत देउवाबाट केही पाउन नसकेको भन्दै बीपी पुत्र शशांकलाई नैं अघि सार्ने भएका छन् । जोशीको गुटमा बरिष्ठ नेता कुलबहादुर गुरुङ, पूर्वमन्त्री तथा कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक विनयध्वज चन्द र लक्ष्मणप्रसाद घिमिरेले समेत देउवलाई साथ छाड्ने निष्कर्ष निकालीसकेका छन ।

अन्योलनमा परेका यि नेता

यूवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र गुरुराज घिमिरेल आ–आफ्ना सिटौला, पौडेल र देउवा गुट त्याग गरिसकेका छन् ।

हाल पौडेलको सिफारिसमा राष्ट्रिय सभाको सदस्य बनेका बद्री पाण्डे र प्रवक्तामा नियुक्त भएका विश्वप्रकाश शर्माले क्रमश पौडेल र देउवालाई हाल साथ दिए पनि महासमिति बैठक, विशेष महाधिवेशन वा महाधिवेसन जे भएपनि पुरानो गुटलाई तिलाञ्जली दिने सम्भावना छ ।

डा. रामशरण महत र प्रकाशमान सिंह भने अब पौडेललाई नै समाउने, आफै अघि बढ्ने वा डा. शशांकलाई नेता मान्ने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन् । उनीहरु देउवा र पौडेललाई देखाउन विमलेन्द्र निधि, डा. शसांक कोइराला वा कृष्णप्रसाद सिटौलामध्ये एकलाई साथ लिएर तेस्रो गुट बनाउन चाहन्छन् । तर, उनीहरुको यो योजना सफल हुन नदिन गगन थापाले बैकल्पिक गुट खडा गर्न लाग्दैछन् ।