५ कार्तिक २०८३, बिहिबार

नविल बैंकको प्रादेशिक कार्यालय पोखरामा, एकसाथ तीन शाखा खुल्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ चैत । नविल बैंकले पोखरामा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

पोखरामा आयोजित विशेष कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रादेशिक कार्यालयको उद्घाटन गरे । उनले महानगरलाई स्वरोजगारको शहरका रुपमा विकास गर्ने योजना रहेको बताए ।

यसैगरी, नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बिहीबारै पोखराको न्यूरोड शाखाको प्रदेश नं ४ को प्रादेशिक कार्यालयका साथै तालचोक बगर र अमरसिंह चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी दिए ।

नबिलका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताए ।

बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीका अनुसार बैंकले ६२ शाखाको बृहत् सञ्जाल, १०५ एटिएमका साथै एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

पोखरामा २०५३ देखि नबिलले निरन्तर सेवा दिँदै आएको छ । अहिले पोखरामा नबिलका पाँच शाखा कार्यालय छन् भने योसँगै प्रदेश नम्बर ४ मा शाखा संख्या ९ पुगेको छ ।