२२ कार्तिक २०८३, आइतबार

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको आपत्ती

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले फोन गरी भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्वत अध्यक्ष तिवारीअनुसार २०७४ फागुन २० गते नागरिक दैनिकमा प्रकाशित ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको विषयलाई लिएर निर्माण व्यवसायी भण्डारीले आज ९८५१०१०४३३ नम्बरबाट फोन गरी अध्यक्ष तिवारीलाई मारेर फालिदिने भनी धम्क्याएको महासंघद्वारा बिहीबार जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित÷प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर अपनाउनु पर्ने कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।

‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटनाको घोर भत्र्सना गर्दछ । र, धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ’, महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।