
काठमाडौं, १ चैत । बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजीनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन् । उनले भने, ‘उहाँको राजीनामाले न्यायालयलाई दुर्घट्ना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो ।’
रिपोर्टस क्लब नेपालले बिहीबार आयोजना गरेको मैनालीले राजनीतिक भागबण्डाको आधारमा न्यायाधीश नियुक्त गर्दा न्यायालय आज यो अवस्थामा गुज्रिनु परेको स्पष्ट पारे । उनले भने, ‘न्यायाधीश नियुक्ती ईमानदारिता, योग्यता र क्षमताको आधारमा गरिनुपर्छ ।’
त्यस्तै उनले न्यायापालिकाभित्र विकृति, विसंगति र भ्रष्टाचार भएको कुरा न्यायाधीशहरुकै सम्मेलनले स्विकारिसकेकोले यस्तो विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रण गर्नको लागि संसदभित्र एउटा शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।
राष्ट्रिय सभा सदस्य एवम् कानूनविद रामनारायण विडारीले आजको मितिबाट न्यायालयलाई रुपान्तरण र सुधार गर्ने मौका मिलेको स्पष्ट पारेका छन् ।
उनले भने, ‘सबै निकाय रुपान्तरण भएपनि न्यायापालिका अझैपनि रुढिवादी, परम्परागत रुपमा चलेको छ, श्रीमानका अगाडि सबै नतमस्तक हुने अवस्था छ, त्यहाँ भित्र विकृति, अन्याय मात्रै छैन्, भ्रष्टाचारको प्रतिष्पर्धा हुन्छ, आजको मितिबाट अब न्यायालय सुधार गर्ने मौका मिलेको छ, न्यायालयलाई सक्षम, सबल र जनउत्तरदायी बनाउनुपर्छ ।’
विडारीले सर्वोच्च अदालतमा अत्यन्तै अराजक भैरहेको आरोप लगाए । उनले भने, ‘फैसलाहरु प्रक्रियाअनुसार भएनन्, न्यायाधीशहरु आचारसंहिता विपरित चलिरहेका छन्, प्रधानन्यायाधीशलाई पनि अधिकार बढि भएको हो, गतिलो मुद्दा पाउनको लागि न्यायाधीशहरुवीच झगडा हुन्छ ।’
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अहिले देखिएको विवाद दुर्भाग्यपूर्ण भएको भन्दै यो विषयमा कु गर्ने को हुन ? भन्ने कुरा एक दुई दिनभित्रै बाहिर आउने स्पष्ट पारे ।
उनले योग्यता र क्षमतालाई बाईपास गर्दै पार्टीको भागबण्डाका आधारमा न्यायाधीश नियुक्ती भएकोले अहिले समस्या देखिएको गुनासो पोखे । उनले भने, ‘अहिलेको घट्नाको सन्र्दभ प्रधानन्यायाधीश जिवितै छन्, पदासिन छन्, शितल निवासमा उहाँले हिजो राष्ट्रपतिलाई सपथ खुवाउनु भयो, अब सपथको बैधानिकता के हो ?’












प्रतिक्रिया