
काठमाडौं, ३० फागुन । तामाङ सञ्चार समूह काठमाडौं जिल्ला शाखामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनबाट सो कार्यसमिति चयन भएको हो । कार्यसमितिमा पुरानै अनुहारहरु दोहोरिएका छन भने केही नयाँ पनि थपेका छन् । युनिकरक्षे ग्लानले दोस्रो कार्यकाल पनि अध्यक्ष नै सम्हालेका छन् । त्यसै गरी उपाध्यक्ष रामकुमारी जेसुम, सचिव मिक्साङ वाइबा र कोषाध्यक्ष अर्जुन पाख्रिन तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा सरोज तामाङ, दिल तामाङ, सन्तोष योञ्जन तामाङ, राम तामाङ, मानकाजी तामाङ, हिरोज लोप्चन, सोम्फे पाख्रिन र सानु तामाङ रहेका छन् । एक जना सदस्य भने मनोनितबाट हुनेछन् । अधिवेशनले केन्द्रीय प्रतिनिधि निर्वाचितका लागि अध्यक्ष युनिक, निर्वतमान उपाध्यक्ष रोजिना दोङ र साङमो योन्जन चुनिएका छन् ।
तामाङ सञ्चार समूह केन्द्रिय अधिवेशन चैत्र १० गते काठमाडौंमा हुँदैछ ।












प्रतिक्रिया