
काठमाडौं, ३० फागुन । जनसवाल पब्लिकेशन प्रा.लि र नेपाल विश्व सहयोग संघ एनएजिसिले एनएजिसि पत्रकारिता पुरस्कार-२०१७ बाट पत्रकार किरणबाबु मरहठ्ठालाई एक लाख नगदसहित सम्मान गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा जनसवाल पब्लिकेशन प्रा.लिले आयोजना गरेको सम्मान कार्यक्रमका नेपाल प्रत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको क्षेत्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि संघीय संरचना अनुरुप विकास गर्नुपर्ने बताएका छन् ।
जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले पत्रकारहरुको क्षमता बृद्धि तथा उत्प्रेरणाको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको बताए ।
उनले भने,‘पत्रकारीताको क्षेत्रमा लागेर निरन्तर समाज र समाजमा रहेका विभेदका आवाजहरु, सत्य सूचनाहरुलाई जनताकोबीचमा ल्याउने पत्रकारहरुको लागि हामीले प्रत्येक वर्ष यस्ता पुरस्कारहरु प्रदान गर्दै आएका छौँ ।’
सम्मानीति मरहट्ठा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् । सम्मानित पत्रकार मरहठ्ठाले विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसी र नेयमारलाई नेपाली टोपी उपहार दिएका थिए ।












प्रतिक्रिया