
तम्घास, ३० फागुन । रेसुंगा नगरपालिका वडा नम्बर ३ उपल्लो भाडागाऊमा रहेको शिवालय बचत तथा क्रृण सहकारी संस्था लिमिटेड सन्चालनार्थ यहाँका समाजसेवीले जग्गादान दिएका छन् ।
सोही गाउका समाजसेवी शेरजंगबहादुर बस्नेत र गोमा बस्नेत दम्पतिले १० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन् । उनीहरुसंगै पदमलाल पाण्डेले पनि ५ लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । पाण्डे सहकारीका अध्यक्ष हुन् भने बस्नेत संस्थाको सल्लाहकार हुन् ।
जम्मा ३ सय ६० जना शेयर सदस्य रहेको उक्त संस्था २०६५ साल जेठ ३० गते डिभिजन सहकारी कार्यलयमा दर्ता भएको थियो । कृर्षी पर्यटन (सुन्तलाखेती) को पकेट क्षेत्र मानिने उपल्लो भाडागाउँमा रहेको उक्त सहकारीले कृर्षीमा ८० प्रतिशत र अन्य व्यापार व्यवसायमा २० प्रतिशत लगानी गरेको छ ।












प्रतिक्रिया