
चितवन, ३० फागुन । जंगली हात्तीको आक्रमणबाट बुधबार एक महिलाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–७ बस्ने ५० बर्षीया पनमी थरुनीको जंगली हात्तीको आक्रमणबाट बुधबार मृत्यु भएको हो ।
सोही ठाउँस्थित खोरश्वर मध्यवर्ति बनमा घाँस काटन गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया