
चितवन, ३० फागुन । चितवनलाई सुन्दर नगरी बनाउने उद्देश्यका साथ यहाँका युवा एक जुट भएका छन् । युवा मिलेर जिल्लामा सरसफाईको अभियान चलाउन ‘उर्जाशील युवाहरुको समुह’ नामक संस्थाको गठन गरिएको छ ।
ध्रुब बर्तौलाको संयोजकत्वमा ११ सदस्यीय संस्था गठन गरिएको हो । सदस्यहरुमा रबिन चापागाई, सन्तोष गौतम, लक्सन पौडेल, उज्जल पौडेल, सुष्मिता क्षेत्री, गोबिन्द पौडेल, टेकराज मगर, आशिष पौडेल, ईश्वर रानाभाट, किरण बस्याल, बिष्णु ढकाल रहेका छन् ।
सस्थाले हाल सुन्दर महानगर बनाउनको लागि सरसफाइ अभियानलाई पुर्णता दिने, समाजका विकृति विसङ्गतीलाई जनचेतनामूलक कार्यक्रममार्फत निस्तेज गर्नेलगायतका कार्यहरु गर्ने योजना बनाएको छ ।












प्रतिक्रिया