आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

चितवनको ओएसिस मेडिकल कलेज खारेज गर्न क्रान्तिकारीको माग

दैनिक नेपाल २०७४ फागुन २९ गते १६:२५

काठमाडौं, २९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले चितवनको ओएसिस मेडिकल कलेज खारेज हुनु्पर्ने माग गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अखिल क्रान्तिकारीले विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै उक्त कलेजको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको हो ।

क्रान्तिकारीका केन्द्रीय सदस्य बालकुमार केसीले ओएसिस कलेजमाथि तत्काल अनुगमन गरि आवश्यकता अनुसार कारबाही गर्न माग गरेका छन् ।

उनले भने, ‘प्राविधिक तर्फको सबैभन्दा ठूलो र विश्वास गरिएको पूर्वाञ्चल विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय र सरकारले कम्तिमा १ सय जना विद्यार्थीहरुको जीवनमाथि खेलवाड गरेका छन्, हामी यस कार्यको विपक्षमा छौँ, तत्काल सरकारले अनुगमन गरेर खारेज नगरे हामी कडा आन्दोलन गछौँ, नर्सिङ र बिएनमा अध्ययन पुरा गरेका सय जना विद्यार्थीको भविष्य शुनिश्चित गर्नुपर्छ ।’

आफ्नो संगठन विकृति र विसङ्गतीको विरुद्धमा रहँदै आएको भन्दै अध्यक्ष केसीले ओएसिस मेडिकल क्लेजले मापदण्ड पूरा नगरी विद्यार्थीबाट पैसा असुलेको र र अकुत सम्पति आर्जन गरेको आरोप लगाएका छन् ।

कार्यक्रममा नर्सिङ लाईसेन्सको परीक्षा दिनबाट वञ्चित मकवानपुर हेटौंडाकी तनुजा श्रेष्ठले आफ्नो भविष्यमाथि ओएसिस क्लेजले खेलवाड गरेको आरोप लगाएकी छन् ।

उनले भनिन्, ‘हामी चार वर्षसम्म नर्सिङ पढ्यौँ, अन्तिममा लाईसेन्सको परीक्षा दिन नपाउँदाको पीडा हामी खप्नेहरुलाई थाहा छ, त्यो विद्यालयले मापदण्ड पूरा नगरेको हो कि के हो ? हामीलाई थाहा भएन, हाम्रो माग यति हो हामीले उचित न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित