२२ कार्तिक २०८३, आइतबार

काँग्रेस सभापति देउवाले भेटे विमान दुर्घटनाका घाईते

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनाका परी घाईते भएकाहरुलाई अस्पताल पुगेर भेट गरेका छन् ।

मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाईतेहरुसँग भेट गरेका हुन् । उनले घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफूले सरकारसँग माग गरिसकेको बताए ।

देउवाले दुर्घटनामा परेका घाईतेहरुको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपुर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बर्ता । ‘सर्वप्रथम म तपाईहरुको सिघ्र स्वासथ्य लाभको कामना गर्दछु’ देउवाले घाईतेहरुसँगको भेटमा भने, ‘उपचारमा कुनै कमि आउन नदिन र आवश्यक क्षतिपुर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’