३१ आश्विन २०८३, शनिबार

नेपाली अमेरीकन कलाकार संघमा नयाँ नेतृत्व चयन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेस्रो अधिवेशन गत मार्च ११ का दिन न्युयोर्कमा एक भब्य कार्यक्रमबीच सम्पन्न भएको छ । कार्यक्रममा न्युयोर्क लगायत अन्य शहरका नेपाली समाजका अगुवा तथा संघ–संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अमेरिकामा आएर पनि कलाकारहरूबीच एकता तथा संगठित भएकोमा संघ–संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूले कलाकारको प्रशंसा गरे । यसको साथै नेपाली समुदायलाई कलाकारले दिएको मनोरन्जन र कार्यको बारेमा चर्चा परिचर्चा गर्दै शुभकामना दिएका थिए ।

अमेरीकामा पहिलो पल्ट सन २०१२ मा नायिका गौरी मल्लको समयमा गठन भएको कलाकार संघ अहिले तेस्रो अधिवेशमा आईपुग्दा नायिका गौरी मल्ल गायक गोम्बु शेर्पा हुँदै अहिले लोकगायक सुमन बुडा मगर नेतृत्वमा छन् ।

गत मार्च ११ तारिख सम्पन्न निर्वाचनमा दोश्रो पटक सुमन बुडा मगर निर्वाचित भए । अधिवेशनमा निबर्तमान महासचिव अभय ढुंगेल उपबिजेता भए । केही पद निर्बाचन प्रकृयाबाट र केही निर्विरोध गरेर नया कार्य समिति चयन भएको छ ।

जसमा अध्यक्षमा सुमन बुढा मगर तथा बरिष्ठ उपाध्यक्षमा निसा सुनार छन् । उपाध्यक्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राईका, महासचिवमा लोकदोहोरी गायक विमल डाँगी, सचिव सौरमराज तुलाधर, कोषाध्यक्ष संगीता थापा मगर, सह–सचिव मुना भण्डारी, सह–कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन् ।

उपाध्यक्षमा रामसिंह बस्नेत रहेका छन् । कार्यसमिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नवीन श्रेष्ठ र सुवास चन्द्र मोक्तान छन् । सम्मेलनमा सुवर्ण क्षेत्रीलाई संघले जीवनकाल कार्यसम्पादन पुरस्कार द्वारा सम्मान गरिएको थियो ।

अमेरिकन कलाकार संघको अधिवेशन हरेक दुई–दुई वर्षमा हुने गर्दछ । उक्त कार्यक्रममा युएसनेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा तथा ईनेप्लिजको आवासीय सम्पादक सच्ची मैनालीलाई कामको प्रशंसा​ ​गरिएको थियो ।