२२ कार्तिक २०८३, आइतबार

बोक्सी आरोपमा कुटपिट गर्नेलाई ८ वर्ष जेल हाल्छौं : मन्त्री थापा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्ने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल हाल्ने स्पष्ट पारेकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले घट्नामा संलग्नहरुलाई कठोरभन्दा कठोर सजाय दिने र दोषीलाई ५ देखि ८ वर्षसम्म जेल हाल्ने बताएकी हुन् । उनले भनिन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीजीज्यूले प्रत्यक्ष निर्देशन दिनुभएको छ, दोषीलाई कडा भन्दा कडा कारबाही हुन्छ।’ उनले आफूले मन्त्रालयका सह–सचिवको नेतृत्वमा विशेष टोली पनि चाँडै घट्नास्थलमा पठाउन लागेको सुनाईन् ।

उनले भननिन्, ‘हामीले सामाजिक अन्धविश्वासको विरुद्धमा सशक्त अभियान चलाउनुपर्छ, अपराधीलाई पक्राउ गर्ने, कारबाही गर्ने भनेरमात्रै हुँदैन, घट्ना नै हुन नदिनेगरि हामीले अब कदम चाल्नुपर्छ, वर्तमान सरकार यो विषयमा निकै गम्भिर छ ।’

वर्तमान सरकार आर्थिक समृद्धिको लागि प्रतिबद्धत रहेकोले सोही अनुसार सरकारले काम गर्ने उनको भनाई थियो । उनले भनिन्,‘हामी जनताको पक्षमा काम गरेर देखाउँछौं, हाम्रो समाजमा अहिलेपनि महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिएको छ, यो चलनलाई अब अन्त्य गर्छौं।’

उक्त घट्नाकी पीडितलाई सरकारले उचित संरक्षण गर्ने मन्त्री थापाले विश्वास दिलाईन् । पीडित चौधरी अहिले अस्पतालबाट बाहिर आएर गेष्ट हाउसमा बसिरहेको र त्यहीँ भेटवार्ता जारी रहेको पनि थापाले सुनाईन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद लेखराज भट्टले कैलालीको घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नको लागि सरकारले आवश्यक निर्देशन दिईसकेकोले सोही अनुसार काम भैरहेको जनाए । उनले उक्त घटना हुनु दुःखद् रहेको टिप्पणी गरे ।

सांसद भट्टले आफूले नै फोन गरेर मुख्यमन्त्री र एआईजीलाई तत्काल कडा कारबाही गर्न आग्रह गरेको सुनाए । उनले भने, ‘६ घण्टासम्म निरन्तर कुटपिट हुँदा उक्त दृश्य भिज्युअलाईजेशन गरेर बसिरहने, अनि निरिह र गैरजिम्मेवार जनप्रतिनिधिलाई कारबाहीको दायारमा ल्याउनुपर्छ ।’