२२ कार्तिक २०८३, आइतबार

न्यायाधीश राणाले इजलास बहिस्कार गर्नुको कारण यस्तो छ

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । सर्वोच्च अदालतमा सोमबार नेपालको न्यायिक इतिहासमै नौलो घटना देखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पूर्ण इजलास न्यायाधीश चोलेन्द्र समशेर राणाले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश पराजुलीको अवकाश गत साउनमै भएको दाबी गर्दै न्यायाधीश राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन् ।

कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

तर, अवकाश पाइसकेका पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार इजलाससमेत बहिस्कार गरेका छन् । न्यायाधीशले बहिष्कार गरेसंगै इजालास स्थगित भएको छ । सोमबार गोविन्द केसी र कान्तिपुर पब्लिकेशनको अवहेलना मुद्धा पूर्ण इलजालसमा बहस पैरवी हुन लाग्दा राणाले लिखित वक्तव्य सुनाउदै इजलास बहिष्कार गरे ।

वक्तव्यमा प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरिसकेको दाबी गरिएको छ । आफूहरुले हिजोमात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताए । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए ।

न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीको जन्ममिति एउटामा २००९ साल, अर्कोमा २०११ देखिएको बताए । न्यायपरिषद ऐनको व्यवस्था अनुसार ०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने र अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर आफूले न्यायसम्पादन गर्न नमिल्ने राणाले बताएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुली उमेर सच्याएको विवादमा तानिँदै आएका छन् । उमेर नसच्याएको भए प्रधानन्यायाधीश पराजुलीले गत साउनमा अवकाश पाउने थिए । सच्याइएको भनिएको उमेर अनुसार उनी आगामी बैसाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहन सक्छन् ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर साउनकै सदर गरेकी थिइन् जसलाई पराजुलीले उल्ट्याएर बैशाखसम्म कायम गराएको आरोप उनीमाथि लाग्दै आएको छ ।