३१ आश्विन २०८३, शनिबार

आन्वाद्वारा अमेरिकामा नारी दिवस मनाइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । अमेरिका नेपाल महिला संघ (आन्वा) बृहत वाशिंगटनले अन्तर्राष्ट्रिय महिला दिवस एकल रुपमा बिगत वर्ष झैँ मनाएको छ ।

स्थापनाकालदेखि नै महिला सम्बन्धि बिशेष कार्यक्रम गर्ने आन्वाले सुरु गरेको महिला दिवस अन्य संस्थाले पनि आयोजना गरेकोमा खुशी व्यक्त गरेको छ ।

कार्यक्रम संचालिका, महिला अधिकारकर्मी तथा आन्वाकि पूर्वअध्यक्ष माधवी कार्की बस्नेतले आन्वाले महिला दिवस मनाउने बिशेष कारण रहेको बताइन् । उनले बेइजिङ्ग विश्व सम्मेलनमा सहभागी भएका आफू, पूर्व अध्यक्ष बिष्णुकुमारी थापा तथा सुनिता सिवाकोटी लगायतहरू हाल अमेरिकामा भएको चर्चा गरिन् ।

यसको साथै कार्यक्रम संचालिका माधवी बस्नेत कार्कीले राजदूत डा.अर्जुनकुमार कार्की राजदूत मात्र नभई नेपालमा हुँदा मानव अधिकारकर्मी र यस विषयमा वकालत गर्ने र थुप्रै काम गरेको बताइन् ।

सन् २००५ मा स्थापित अमेरिका नेपाल महिला संघको मुख्य उदेश्य विभिन्न सामाजिक क्रियाकलाप गर्दै यस भेकमा रहेका नेपाली समुदाय तथा नेपाली महिलालाई सामाजिक अन्तरक्रिया गराउनु तथा सामजिक क्रियाकलाप मार्फत महिला सशक्तिकरण गराउने प्रकारका कार्यक्रम ल्याउनु रहेको छ ।