
गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नु को साथै समिति गठन गरेको संस्थाकी केन्द्रिय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।
यसको साथै नया समिति सर्व सम्मति बाट चयन भएको हो । मूलत अमेरिकामा रहेता पनि तराई वासीहरुले आफ्नो पहिचान, भाषा, साँस्कृतिक धरोहर आदि लाई अमेरिकामा छरिएर रहेका सबै संग नजदिक सम्बन्ध, सहयोग तथा संजालमा ल्याउनु रहेको छ ।
यसको साथै नया समितिले एकता गर्दै सवैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । नया समितिमा ध्रुव कुमार झा अध्यक्ष, रंजित बाबु प्रसाद वरिष्ट उप सभापति, राज यादव उपाध्यक्ष तथा प्रियंका दास महासचिमा निर्वा्चित भएकी छिन् ।
यसै गरि सह सचिवमा माधुरी कुमारी, कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वा्चित भएका छन् । यसै गरि कार्यकारी समिति सदस्यहरुमा संगीता देव, अदिति ठाकुर, यामिनी कुमार, आराधना साह, रोहित मिश्रा तथा नविन महतो निर्वा्चित भएका छन् ।
यसै गरि सल्लाहकारहरुमा क्रमस डा अर्चना कायस्थ, डा ओम प्रकाश शर्मा, डा सन्दिप सुमन, डा प्रिती नाने, सुजित सिंह, सितान्शु कुमार तथा जय प्रसाद मण्डल मनोनित भएका छन् ।















प्रतिक्रिया