२२ कार्तिक २०८३, आइतबार

महिला मृतावस्थामा फेला, श्रीमान् फरार

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ फागुन । मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आइतबार बिहान मृतावस्थामा फेला परेकी छन् ।

शनिबार राति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । –रासस