५ कार्तिक २०८३, बिहिबार

सुजुकीको पहिलो रिटेल मिट सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ फागुन । सिजी मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलरमिट काठमाडौंमा सम्पन्न भएको छ ।

रिटेलमिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणा गर्ने प्रमुख उद्धेश्य सहित सो कार्यक्रम आयोजना भएको थियो । त्यस क्रममा रिटेलरहरुले ब्यवसाय सम्वन्धी आफूलाई लागेको जिज्ञासा राखेका थिए ।

सिजी मोटोकर्पले रिटेलर नेटवर्कवाट सुजुकी सर्भिस पार्टसका ग्राहकहरुमा सरल तरिकावाट उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सुजुकिका सर्भिस तथा स्पेयर्स पार्ट डिभिजनका डिजिएम श्याम श्रेष्ठले गुणस्तरीय पार्टको प्रयोग र त्यसका फाइदाबारे जानकारी गराएका थिए ।

देशभर छरिएका सुजुकिका रिटेलरकै कारण उपभोक्ताले सस्तो र सरलरुपमा गुणस्तरिय सामान पाउन सकेको उनले बताए ।