२२ कार्तिक २०८३, आइतबार

बसले किच्दा महिलाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सुर्खेत, २७ फागुन । जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७२४३ नम्बरको बसले किच्दा आइतबार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका-२ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देव विसीलाई पक्राउ गरेको छ । सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ । –रासस