काठमाडौं, २७ फागुन । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले वीर अस्पतालमा उपचार गराइ रहेका कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
राजपा अध्यक्षण्मलका सदस्य समेत रहेका नेता यादवले आइतबार बिहान बीर अस्पताल पुगेर चौधरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
टीकापुर घटनामा पक्राउ परेका चौधरीले सांसद पदको शपथको व्यवस्था माग गरेर अनशनमा बसेका छन् । हिरासतमा अनशन बसेका बेला सांसद चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार कैलालीबाट काठमाडौं ल्याइएको थियो ।
सांसद चौधरीको स्वास्थ्य बिग्रदै गएको भन्दै नेता यादवले सरकारलाई सो विषयमा गम्भीर भएर ध्यान दिन आग्रह गरे । ‘रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ’, यादवले भन, ‘उहाँको माग पूरा गर्नुपर्छ । राजपा नेपालले पनि प्रधानमन्त्रीसँग यसबारेमा कुरा गरिसकेको छ ।’
प्रधानमन्त्री ओलीले पनि राजपाको मागअनुसार चौधरीका बारेमा सकारात्मक रहेको बताइएको छ ।













प्रतिक्रिया