३१ आश्विन २०८३, शनिबार

लमजुङका घिमिरे कतारमा बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । लमजुङको भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका छन् ।

कतारस्थित नेभी (मिलाह लजिष्टिक)मा हेल्परमा कार्यरत घिमिरे बस्दै आएको क्याम्पबाट मोवाईल, वालेट, परिचयपत्र समेत कोठामै छाडेर हिडेकोमा आफन्तजन, साथीसंगी, कम्पनीका कर्मचारी कसैको सम्पर्कमा पनि नआएको लमजुङ सेवा समाज कतारका पदाधिकारीले जनाएका छन् ।

घिमिरेको खोजीका लागि सामाजिक सञ्जालमा समेत सूचना जारी गर्नुका साथै एकापसमा सल्लाह गर्दै संभावित स्थान र व्यक्तिसँग सम्पर्क गरेको तर कसैले फेला पार्न नसकेको सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए ।

एकाएक सम्पर्कविहीन बन्नुको कारण बुझ्न नसकिएको पनि उनले फेसबुक म्यासेञ्जरमा जनाए । कतारमा सञ्जय रेग्मी, शिवभक्त पौडेल, शिव रसाईली र उत्तम रेग्मी लगायतका नेपाली युवाहरु सुरुदेखि नै घिमिरेको खोजीकार्यमा लागेको कतारबाट जनाईएको छ ।

उनी नेपालस्थित घरपरिवारको सम्पर्कमा पनि नआएको मध्यनेपाल नगरपालिका ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए । एकाएक सम्पर्क विहीन भएपछि घरमा वृद्धावस्थाकी आमा र श्रीमति निकै चिन्तित बनेको समेत उनी बताउँछन् । घिमिरेको घरमा आमा, श्रीमती र १० वर्षीय एक छोरा रहेको बताईएको छ ।

कतारबाट १२ दिनदेखि सम्पर्क विहीन रहेको भोर्लेटारका युवा श्रीकृष्ण घिमिरेको खोजीका लागि लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले फेसबुकमा गरेको पोष्ट ।