१३ कार्तिक २०८३, शुक्रबार

भोले बाबाबारे नयाँ खुलासा, युवतीमाथि यौन…

17.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । दुई महिनादेखि भगवानको अवतार मिलेको भोलेबाबा हु भन्दै २३ बर्षीय रामबहादुर चौधरीले गाउँका सोझा साझा वासिन्दालाई भ्रममा पारेर आफ्नो स्वार्थ लुट्ने गरेको खुलेको छ ।

गाउँमा सुन्दर युवतीलाई उनले यौनहिंसा गर्ने गरेको स्थानीयले बताएका छन् । राधा चौधरीलाई कुटपिट गर्ने १८ बर्षिय दुई युवती (पारवतीमाता) लाई पनि उसले वोक्सी लागेको निको गरिदिन्छु भन्दै आफ्नो आश्रममा लगेर राखेको घोडाघोडी नगरपालिका वानं ५ का खेम सापकोटाले बताए। ‘ती भोलेवावासँग आश्रममा ४ महिला छन’, उनले भने ।  नागरिक दैनिकले समाचार छापेको छ ।

एक जना उनको श्रीमती छन। एक गंगा नाम गरेको युवती छन। दुई जना ‘पारवती’ छन। अन्य सुन्दर युवतीलाई देख्ने बित्तिकै भोलेवावाले आफ्नो नियन्त्रण लग्ने उनी बताउछन। ‘कुनै सुन्दर युवती देख्नु नै हुँदैन, उ देख्ने बित्तिकै झाक्री आएको जस्तै गरेर कपाल समातेर भुईमा पल्टे, कराउ भन्ने गर्छ’, उनले भने, ‘सोझा युवती पनि उसले भनेको जस्तै गर्छन ।’

भुईमा पल्टेर कराउन लगाएपछि यो मा बोक्सी लगाएको छ भन्दै तन्त्रमन्त्र गर्न शुरु गर्ने सापकोटा बताउँछन। ‘चामल हातमा समातेर फुकफाक गरेजस्तो गरी सिधै युवतीको संवेदनशील अंग समात्छ’, उनले भने, ‘यसरी एकपटक वोक्सी लागेर तन्त्रमन्त्र गरेको युवतीले त्यसपछि लगातार १५ दिनसम्म वोक्सी निकाल्नका लागी उसको आश्रममा जानै पर्ने हुन्छ ।’

दुई महिनाअघि देखि नै उनले युवतीमाथि यस्तो हर्कत गर्दै आएका छन्। कुनै युवती, व्यक्तीलाई वोक्सी लागेको छ भन्दै धामीझाक्रीले जस्तै घरमै गएर आश्रममा ल्याउने गरेको उनी बताउँछन । यसअघि गाउँका ६५ बर्षीय एक बृद्धलाई घरबाटै लगेर गाला आगोले पोलिदिएको उनले बताए। ‘पछि समाजले बोलाएपछि भोलेवावाले अबदेखि गर्दैन भनेर माफी मागेको थियो’, उनले भने ।

किस्मती चौधरीलाई पनि विरामी निको पार्छु भन्दै घरवाटै लगेको स्थानीय बताउँछन्। खुलम खुल्ला उनले यौनहिंसा गरेपनि सोझासाझा अन्धविश्वासी बासिन्दाले उनको गलत क्रियाकलापलाई साथ दिएको शिक्षित युवाहरुको गुनासो छ।