३१ आश्विन २०८३, शनिबार

लण्डनमा बन्यो झापाली समाज

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । झापाली समाज यूकेको चौथो अधिवेसन लण्डनको प्लमस्टिडमा सम्पन्न भएको छ । अधिवेशनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्नेत र दिपेन सिटौला, महासचिवमा प्रकाश खनाल, सहसचिवमा विवेक मेचे, कोषाध्यक्षमा महेश गिरी र सहकोषाध्यक्षमा मधुर मिश्र चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा अल्का गुरुङ, विष्णुकुमारी लिम्बू, दिनेश पौड्याल, गणेश बास्तोला, हस्त लिम्बू, इन्द्रहाङ लिम्बू, ओमप्रकाश सेढाई, युवराज सेढाई, सुर्य गुरुङ र नन्दकिशोर न्यौपाने चुनिएका छन् ।

समाजको सल्लाहकारमा भने धन गुरुङ, सहदेव गिरी, मिलनचन्द्र गुरुङ, खगेन्द्र पाठक र विज्ञान प्रसाइलाई मनोनित गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष सहदेव गिरीले शपथ ग्रहण गराएका थिए ।