२२ कार्तिक २०८३, आइतबार

वाग्मती सफाइमा जुटे विद्यार्थी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिमुलक तस्वीर ।

काठमाडौँ, २५ फागुन । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विद्यालयअघिको नदी किनार सफाइ गर्न विद्यार्थी जुटेका छन् ।

तीनकुनेस्थित वाग्मती किनारमा रहेको भिएस निकेतन उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार नदीमा जम्मा भएको फोहर सफाइ गरेका छन् । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई ४८ हप्ताअघि मीनभवन, तीनकुने क्षेत्रको वाग्मती र सडक किनार सफाइ गर्ने उद्देश्यले आलोकनगर सफाइ अभियान शुरु भएको थियो ।

वाग्मती र आलोकनगर सफाइ अभियानबाट प्रभावित भई विद्यालयका विद्यार्थीले चार हप्ताअघिदेखि नदी किनारमा सरसफाइ गर्न थालेको सफाइ अभियन्ता प्रमिला पौडेलले जानकारी दिनुभयो । प्रत्येक शनिबार वाग्मती र आलोकनगर सफाइ हुने गरेकामा विद्यालय बिदा हुने भएकाले विद्यार्थीले शुक्रबार नै सफाइ शुरु गरेका हुन् ।

विद्यालय शुरु हुनुभन्दा अघि बिहान नौ बजे जम्मा भएका विद्यार्थीको समूहले साढे दश बजेसम्म सफाइ गरी जम्मा गरेको फोहर रिक्सामा राखेर काठमाडौँ महानगरपालिकाको संकलन केन्द्रमा पठाइयो । शुक्रबारको सफाइबाट तीन रिक्सा फोहर व्यवस्थापन गरियो । –रासस