२२ कार्तिक २०८३, आइतबार

सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय सल्यानको नयाँ काम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मीना बुढाथोकी/दैनिक नेपाल
सल्यान, २५ फागुन । जिल्ला प्रशासन कार्यालय सल्यानले नयाँ कामको थालनी गरेको छ । कार्यालयमा सेवा लिन आउने सेवा ग्राही लाई मध्य नजर गर्दै प्रशासन कार्यालयले शुक्रबार देखी निवेदनको ढाँचा बनाई कार्यालय अगाडी टाँसेको छ ।

‘प्रशासनबाट हुने जुनसुकै कामका लागि प्रायः निवेदन लिनु पर्ने भएकाले सेवाग्राहीलाई सहज होस भनि निवेदनको ढाँचा बनाएर टांसेका हौँ’, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टंडनले भने ।

यस अघि निवेदन पेश गर्दा सेवाग्राही र सेवाप्रदायक दुबैलाई काम गर्दा अप्mठेरो पर्ने गरेकाले यो कामको शुरुवात गरेको उनले बताए । उनले भने, ‘पहिले सेवाग्राहीले ल्याएर आएको निवेदनमा धेरै त्रुटीहरु भेटिन्थ्यो । पटक पटक सच्चाएर ल्याउनु भन्नुपथ्र्यो यसो गर्दा सेवाग्राही र सेवाप्रदायक दुबैको समय बर्बाद हुन्थ्यो तर, अब यो समस्या बाट छुटकारा मिल्ने आस गरेका छौं ।’

उनले दलित जनजाती प्रमाण्ीकरणका लागी चाहिने निवेदन, विवरण, फारम फरक परेको बेला चाहिने निवेदन, नागरिकता शैक्षिक योग्यतामा फरक परेको मिति सच्याउन चाहिने निवेदन, राहदानी सिफारिस, राहत पाउनका लागि चाहिने निवेदन लगायत १६ प्रकारका निवेदनको ढांचा दर्ता चलानीको कोठा नम्बर ३ का अगाडी टाँसिएको बताए ।

यसरी सरकारी कार्यालय बाट निःशुल्क रुपमा निवेदनको ढाँचा सारेर सोही बमोजिम निवेदन तैयार पार्दा निकै सजिलो र सहज हुने भएपछि सेवाग्राही पनि उत्साहित भएका छन ।

आज शुक्रवार मात्र ३ जना सेवाग्राहीले सेवा लिएको प्रशासनले जनाएको छ । यसरी निवेदनको ढा्रँचाबाट ल्याएको निवेदनबाट सेवा दिँदा निकै सहज हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी टंडने बताए ।

‘हामीले पहिलो पटक र नयाँ कामको शुरुवात गरेका छौँ । यसबाट सेवाग्राहीले आफैले निवेदन लेख्न सक्ने छन् । यस अघि अरुलाई निवेदन लेखाउँदा लाग्ने शुल्क समेत तिर्नु नपर्ने हुँदा सेवाग्राहीलाई अझ सहज हुनेछ’, उनले भने ।