१३ कार्तिक २०८३, शुक्रबार

गगन थापालाई मुख्य सचेतक दबाब

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २५ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन तत्काल मुख्य सचेतकको मनोनयन गर्ने तयारी गरेका छन् ।

काग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकको जिम्मेवारी महत्वपूर्ण भएकाले सभापति देउवाले सो जिम्मेवारी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सासदलाई मुख्य सचेतकको जिम्मेवारी दिने देउवा निकट एक नेताले बताएका छन् ।

देउवाले राष्ट्रिय सभाको संसदीय दलको नेता पनि मनोनित गर्न बाँकी  रहेको नेपाल समाचारपत्रमा खबर  छ ।

निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सीमित भएपछि कांग्रेस सभापति देउवालाई प्रधावकारी ढंगले काम गर्न सक्ने क्षमतावान सांसदलाई मुख्य सचेतक बनाउन दबाब पनि बढेको छ ।

मुख्य सचेतकमा काग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षले गगन थापालाई मनोनित गर्न संसदीय दलका नेता देउवालाई दबाब दिइरहेका छन् ।