२२ कार्तिक २०८३, आइतबार

सञ्चारकर्मीमाथि अज्ञात समूहद्वारा कुटपिट

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २४ फागुन । इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई बुधबार राति अज्ञात समूहले कुटपिट गरेका छन् ।

बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो ।

कुटपिटमा परी कृष्ण पाठक भने गम्भीर रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ । उहाँहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा गम्भीर भएर लाग्न प्रशासनलाई रेडियोले ध्यानाकर्षण गराएको छ ।

स्टेशन म्यानेजर प्रेम अधिकारीले यो घटनाले जिल्लामा सञ्चारकर्मी असुरक्षित रहेको पुष्टि भएको भन्दै गम्भीरतापूर्वक लाग्न प्रशासनलाई अनुरोध गर्नुभएको छ । –रासस