युएई । युएईको मिडिल इष्ट कम्पनिमा कार्यरत झापा दमक– ४ का जित रार्इले झुण्डिएर आत्महत्या गरेका छन् ।
बिगत ४ वर्ष देखि उक्त कम्पनीको सेक्युरिटी गार्डका रुपमा कार्यरत रार्इ १५ दिन पहिले मात्र घरबिदाबाट फर्किएका थिए ।
उनी सञ्चो नभएको भन्दै २ दिनदेखि काममा गएका थिएनन् । शनिबार बेलुका कोठामा नै साथीहरूसँग बसेर उनले रक्सी पिएका थिए ।
शनिबार झुण्डिएको अवस्थामा उनको शव लेबर क्याम्पको भर्याङमा भेटिएको कम्पनीमा कार्यरत झापाका हरि श्रेष्ठले बताए ।
उनको घरमा आमा, श्रीमती, ९ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । रार्इको शव पोस्टमार्टमको लागि प्रहरीले लगेको श्रेष्ठले जानकारी दिए ।















प्रतिक्रिया