५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ फागुन । एनआईसी एशिया बैंकले मकवानपुरको मनहरिमा नयाँ शाखा विस्तार गरेको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ०७, मनहरि, मकवानपुर स्थित मनहरि शाखाको बुधबार एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीबाट उद्घाटन भएको बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक हो । थप शाखासँगै बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु बैंकिङ सेवा दिँदै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।