२२ कार्तिक २०८३, आइतबार

हिरासतबाट भागेका पाण्डे ६ वर्षपछि पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतबाट ६ वर्षअघि भागेका मिलन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी २०६८ माघ ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेको भेण्टिलेसनमा रहेको फलामको रड काटी भागेका थिए । फरार रहेका पाण्डेको प्रहरीले खोजी गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा महानगरीय प्रहरी वृत, महाराजगंज काठमाण्डौ बाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार काठमाडौँ गोंगबु बानियाटारबाट पक्राउ गरेको हो ।

२०६८ कार्तिक १९ गते राती मकवानपुरको रातोमाटेमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना. ४ ख. १५४ नं. को यात्रु बाहक बसमा पाण्डे फेनरागन १४० एम्पुल, डाईजेपाम १४० एम्पुल र नोर्फिन १४० एम्पुल गरी जम्मा ४२० एम्पुल सहित पक्राउ परेका थिए ।

काठमाण्डौ साबिक गोंगबु गा.बि.स. वडा नं. ६ हाल टोखा न.पा. वडा नं. ९ गोंगबु गणेशथान बस्ने पाण्डे त्यतिबेला लागू औषध डाईजेपाम मुद्दामा म्याद थप गरी ७५ दिन सम्म हिरासतमा बसेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया गाउँपालिका–७, का विभिन्न स्थानमा लगाइएको अफिम नस्ट गरेको छ ।

बुधबार प्रहरी नायव निरीक्षक आदित्यकुमार सिंहको कमाण्डमा गएको प्रहरी टोलीले अन्दाजी १२ कट्ठा जमिनमा लगाएको अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।