२२ कार्तिक २०८३, आइतबार

नारी दिवसको पूर्वसन्ध्यामा विरामीहरुलाई फलफूल वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २३ फागुन । जिल्ला अस्पताल सल्यानका विरामीहरुलाई बुधवार फलफूल वितरण गरिएको छ । १ सय ८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा विरामीहरुलाई फलफूल वितरण गररिएको हो ।

शारदा नगरपालिका सल्यानले जिल्ला अस्पताल सल्यानमा फलफूल वितरण गरेको छ । स्थानीय स्तरमा सकारात्मक सन्देश फैलाउनको लागी बुधबार जिल्ला अस्पतालमा फलफूल वितरण गरिएको शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले बताईन् ।

बुधबार जिल्ला अस्पताल सल्यानमा रहेका २३ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो । ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण’ भन्ने मुल नाराका साथ बिहीबार ८ मार्चका दिन १ सय ८ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ ।

दिवसको अवसरमा बिहीबार महिला तथा बालबालिका कार्यालय सल्यान, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको आयोजनामा सल्यानको श्रीनगरमा र्‍याली सहित अन्र्तक्रिया कार्यक्रम गरेर मनाईदै छ ।