२२ कार्तिक २०८३, आइतबार

आगलागीबाट १५ लाख बराबरको क्षति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मोरङ, २३ फागुन । मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । –रासस