२२ कार्तिक २०८३, आइतबार

भालुको आक्रमणबाट महिला घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २२ फागुन । बैतडीमा भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी एक महिलाको बैतडीमा उपचार हुन नसक्दा धनगढी पठाइएको छ ।

भालुको आक्रमणबाट गम्भीर घाइते दशरथचन्द नगरपालिका–४ की शारदा पाण्डेयको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको जिल्ला अस्पतालले जनाएको छ । बाख्रा चराउन गएका बेला शारदालाई स्थानीय डाँडाईजर जंगलमा आज अपराह्न भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । –रासस