काठमाडौँ, २२ फागुन । विश्व प्रसिद्ध मोबाइल कम्पनी सामसुङको उत्पादन ग्यालेक्सी नोट-एटको खरिदमा ग्राहकले विभिन्न फाइदाजनक अफरहरु पाउने भएको छन् ।
सामसुङले हालै बन्डलिङ अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट-एट स्मार्टफोनको खरिदमा ग्राहकले सामसुङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर–जि डाटा सुविधा पनि उपलब्ध गराएको छ ।
फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुनेछ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहजकिस्ताबन्दीको सुविधा पनि मिलाइएको छ ।
ग्यालेक्सी नोट-एट फोनमा भएको इन्फीनिटि डिस्प्ले, सुधारिएको एस–पेन र ट्रु डुअल क्यामरा ति ग्राहकहरुको लागि हो जो सधैँ उच्च आकांक्षा राख्दछन् । सामसुङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको बताएको छ । यसमा भएको डुअल क्यामराको साथ अप्टिकल इमेज स्टेबिलाईजेशनले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिने कम्पनीको दाबी रहेको छ ।















प्रतिक्रिया