– बेलिना थापा
लमजुङ, २२ फागुन । लमजुङको सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा रहेको ऐतिहासिक तुर्लुङकोट कालिका मन्दिरको शिलान्यास गरिएको छ । भुकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि शिलान्यास गरिएको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले कालिका मन्दिरको पुनर्निर्माणको शिलान्या गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले ऐतिहासिक एवम् धार्मिक महत्वको कालिका मन्दिर पुरानै ढर्रामा निर्माण गरिनुपर्ने बताए ।
उनका अनुसार मन्दिर पुनर्निर्माणका लागि राष्ट्रिय पुरातात्विक विभागले ८० लाख खर्चने भएको छ । यसवर्ष २० लाखको मात्र काम हुने पनि उनले बताए । मन्दिरमा चैते दसैँ, वडा दशैँमा मेला लाग्ने गर्दछ । शिल्यान्यास कार्यक्रममा उपस्थित भएका राष्ट्रिय पुरातत्व विभागका सिनियर ईञ्जिनियर सम्पुत घिमिरे, वयोवृद्ध शालिग्राम अधिकारी, पुरातत्वविद विष्णु पाठक, ईन्जिनियर कल्पना प्रजापति, दुराडाँडा सेवा समाजका अध्यक्ष डा. निर्मल न्यौपाने, दुरा सेवा समाजका अध्यक्ष कर्णेल गोकुल दुरा, भाषाविद मुक्तिनाथ घिमिरे, वडाअध्यक्ष प्रेमबहादुर दुरा, अमृत न्यौपाने, कृष्णराज खनियाँ लगायतले धार्मिक महत्वको दृष्टिले महत्वपुर्ण मानिएको कालिका मन्दिरको पुनिनिर्माणमा सवैले सघाउनुपर्नेमा जोड दिए ।












प्रतिक्रिया