२२ कार्तिक २०८३, आइतबार

नहरमा शव फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २२ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित नहरमा आज एउटा बालिकाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार सप्तकोशी नगरपालिका–४ बस्ने अनिल सदाकी दुई वर्षीया छोरी चन्दाको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

घर छेउमा रहेको नहरमा खेल्ने क्रममा ती बालिका डुबेको स्थानीयवासीले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ । –रासस