३१ आश्विन २०८३, शनिबार

अमेरिकामा एक नेपालीको हत्या

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ ।

उक्त स्टेशनमा गत शतिबार भएको लुटपाटमा मनीष पाण्डेको हत्या भएको ड्यालस न्युजले जनाएको छ ।

ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ । उक्त ग्यास स्टेशनका मालिक कृष्ण पन्त हुन् । पन्त पाण्डेका मामा हुन् ।

ग्यास स्टेशनमा लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा पाण्डेलाई आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।