२२ कार्तिक २०८३, आइतबार

स्कूल बसको ठक्करबाट महिलाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ फागुन । मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ ।

एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । –रासस