२२ कार्तिक २०८३, आइतबार

कुलो खन्दा बाल्टिन बम फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २१ फागुन । रुकुम(पश्चिम भाग)को चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको नहर (कुलो) खन्दा सोमबार बाल्टिन बम फेला परेको छ ।

बमलाई प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । बम निष्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ । –रासस