काठमाडौँ, २१ फागुन । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो ।
‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको समर्पणमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौँ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका बजार प्रमुख प्रदिप पोखरेलले भने, ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो ।
निःशुल्क ‘स्कुटर वास’
स्कुटर डेका अवसरमा देशभरि विभिन्न कार्यक्रमको आयोजना हुने कम्पनीले जनाएको छ । जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन् ।
‘हामीलाई आशा छ राइडरहरुले अभुतपूर्व अनुभव गर्नुहुनेछ । यामाहाको सर्भिस सेन्टरमा सबै ब्रान्डको स्कुटरको वास, त्यो पनि निशुल्क,’ यामाहाका सर्भिस हेड शरद मिश्रले भने । उनले सबै स्कुटर राइडरहरुलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ सेयर गरेर ‘स्कुटर डे’ मनाउन अपिल समेत गरेको छ ।
ट्राफिकलाई दुई वटा स्कुटर
‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्नेछ । ‘हाम्रो यो सानो प्रयासले काठमाडौँको ट्राफिक व्यवस्थापनमा थोरै मात्र भए पनि सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौ’, पोखरेलले भने ।
त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
‘स्कुटर डे’मा यामाहाले काठमाडौँका पाँच स्थानहरु (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडिबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्नेछ ।
स्टाइल र कम्फोर्टका लागि यामाहा
भर्खरै नेपाली बजारमा उपलब्ध स्कुटरबारे गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखाएको थियो । ‘राइडिङमा स्टाइल र कम्फोर्ट महत्वपूर्ण कुरा हुन् र राइडरले यसैका लागि यामाहाका स्कुटरलाई मन पराउनु हाम्रो लागि ठूलो उपलब्धी हो,’ यामाहाका प्रखुम व्यवस्थापक प्रकाश देवकोटाले भने, ‘राइडरहरुको यो विश्वासलाई कायम गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’















प्रतिक्रिया