२२ कार्तिक २०८३, आइतबार

महायज्ञमा साढे २ करोड रकम संकलन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विर : शिशिर सिम्खडा

चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे ।

संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए ।

यहि फागुन १३ गतेदेखि २० गतेसम्म संचालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन गरेका थिए । १३ कठ्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।

महायज्ञमा कालिका नगरपालिका ५ पदमपुर, हाल रत्ननगर बस्दै आएका नन्द प्रसाद भट्टराईले सो मन्दिर निर्माण गर्नको लागि ६२ लाख रुपैया सहयोग गरेका छन् । उनले ६० लाख मूल्य बराबरको १ कठ्ठा जमिन र नगद रु. २ लाख सहयोग गरेका हुन् ।