१३ कार्तिक २०८३, शुक्रबार

राजपा पनि सरकारमा सहभागी होला ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग समसामयिक राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे आइतबार छलफल गरेका छन् ।

शपथग्रहण, सरकारमा राजपाको सहभागिताको सम्भावनालगायत विषयमा बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

ठाकुरले मधेसको एजेन्डा उठाउँदै आएको राजपा सहमत नभएसम्म संविधान संशोधनको एजेन्डा पूरा नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा ओलीले सरकार मधेसको मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका थिए । राजनीतिक स्थिरतासँगै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने अभियानमा सहभागी हुन प्रधानमन्त्रीले ठाकुरसँग आग्रह गरे ।