१३ कार्तिक २०८३, शुक्रबार

तीन विषयले लम्बियो सरकार–फोरम सहमति

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ ।

फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार पनि दुई चरणमा शीर्ष तहमै छलफल भयो । तर, सहमति निस्किएन ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सांसदहरूको शपथका कारण छलफल प्रभावित भए पनि सोमबारसम्म ठोस निष्कर्षमा पु¥याउन दुवै पक्ष घनीभूत रूपमा लागेका छन् ।

संविधान संशोधन गर्ने प्रतिबद्धतासहित तयार पारिएको राजनीतिक सहमतिको मस्यौदासहित मूलतः तीनवटा विषयमा वार्ता केन्द्रित छ । सोमबार पुनः छलफल हुँदै छ ।

तीन अध्यक्षबीच छलफल 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

अपराह्न संसद् भवन नयाँ बानेश्वरमा पनि दुईपटक छलफल भयो । बिहान ओलीसहित नेताहरूले फोरमसँग १५ मिनेट मात्रै छलफल गरेका थिए ।

दिउँसो राष्ट्रपति कार्यालयमा ज्येष्ठ सदस्य तथा अपराह्न दुवै संसद्का सदस्यको शपथ सकिएपछि संसद् भवनस्थित प्रधानमन्त्री ओलीको कार्यकक्षमा तीन नेताबीच करिब एक घन्टा छलफल भयो ।

‘उहाँहरूबीच छलफल भएको छ । छलफल छिटै सकारात्मक निष्कर्षमा पुग्ने दिशातिरै अघि बढिरहेको छ,’फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।