३ कार्तिक २०८३, मंगलबार

वाम-फोरम वार्ता सकियो, सहमति जुटाउने जिम्मा तीन अध्यक्षलाई

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने विषयमा वाम गठबन्धन र फोरमबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको छलफलमा कुनै ठोस सहमित भएको छैन ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवलाई सहमति जुटाउने जिम्मा दिइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथग्रहणपछि तीन नेताबीच छलफल हुने एमाले नेता नेम्वाङले जानकारी दिए ।

सहमति कायम गर्न एमालेका सुवास नेम्वाङ, राजेन्द्र पाण्डे, शंकर पोखरेल तथा फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको कार्यदल बनाइएको थियो । कार्यदलले सहमती जुटाउन नसकेपछि यसको जिम्मा तीन अध्यक्षलाई दिइएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथग्रहणपछि तीन नेताबीच छलफल हुने एमाले सचिव प्रदिप ज्ञवालीले नेम्वाङले जानकारी दिए ।

बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठको सहभागिता थियो ।

संविधान संशोधन र सरकार विस्तारबारे वाम गठबन्धन दल र संघीय समाजबादी फोरमबीच आइतबार सहमति जुट्ने विश्वास लिइएको छ । एक जना एमाले नेताका अनुसार नीतिगत र राजनीतिक विषयमा सहमति जुटिसकेको छ । तर, फोरमले तीनवटा मन्त्रालय मागेकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा व्यवहारिक कठिनाइ छ । संसदमा २ तिहाई पुर्‍याउने उद्देश्यले बाम गठबनधन फोरमलाई पनि सरकारमा ल्याउने प्रयत्नमा जुटिरहेको छ ।