३ कार्तिक २०८३, मंगलबार

ओलीको नयाँ व्यंग्य – एउटै जन्ममिति भएको म एक्लै पो रहेछु कि !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको उमेर विवादका विषयमा संसदमा व्यंग्य गरेका छन् ।

संघीय संसद भवनमा एमाले र माओवादीका संघीय संसदका सदस्य र राष्ट्रिय सभा सदस्यलाई प्रशिक्षण दिने क्रममा ओलीले उमेरको विषयलाई निकाले । उनले जोड्न खोजेको विषय थियो, संसदका जेष्ठ सदस्य महेन्द्र यादवको । कुनै बेला एमालेका नेता रहेका यादवलाई ओलीले भाइ भन्दा रहेछन् । उमेरले ६३ बर्षमात्रै भए पनि नागरिकतामा भएको जन्म मितिका आधारमा उनी ८० बर्षका छन् । त्यसैले ओली भन्दा कान्छा सांसदले नागरिकताका कारण जेष्ठ सदस्यका रुपमा आइतबार सबै सांसदहरुलाई सपथ खुवाउँदैछन् ।

‘नागरिकताको आधारमा महेन्द्र राय यादवजी ज्येष्ठ सदस्य हुनु भयो । सबैलाई शपथ खुवाउँदै हुनुहुन्छ’, आफ्नो सदाबहार शैलीमा ओलीले भने- ‘एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो ! जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार ।’

यादवको कुरा गर्दै ओलीले न्यायालय र सडकका कुरा पनि जोडे र यहाँ धेरै जन्ममिति भएका न्यायाधीश छन्, सांसद छन्, मन्त्री छन् । सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद अब संसदमा छिरेको छ ।

आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै शपथ लिनुपर्ने बाध्यताले देश कस्तो रहेको भन्ने देखाएको ओलीको तर्क छ ।