१३ कार्तिक २०८३, शुक्रबार

दलको नेता बन्न देउवा चुनौती, देउवा–पौडेल पक्षमा कति छन् सांसद ?

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेता रामचन्द्र पौडेल पक्षले देउवालाई निर्विकल्प दलको नेता बन्न नदिन सिंहलाई अगाडि सार्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले निर्वाचन भएमा देउवा निर्वाचित हुने लगभग पक्का छ । ‘अहिलेसम्म पार्टीका सबै नेता सर्वसम्मत रूपमै दलको नेता चयन गर्न छलफलमा जुटिरहनुभएको छ, तर कुनै निष्कर्ष निस्केको छैन, निर्वाचनबाटै दलको नेता चयन गर्ने परिस्थिति सिर्जना हुँदै गएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने ।

देउवा समूहमा प्रधान र चौधरी

कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रत्यक्षमा तीनजना निर्वाचित भएका थिए । जसमा गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान छन् । दलको नेता निर्वाचनमा भने सिटौला पक्षमा विभाजन आएको छ । स्रोतका अनुसार सांसद थापा कतै खुलेका छैनन् भने चौधरी र प्रधानले देउवालाई सहयोग गर्ने भएका छन् ।

संस्थापन प्रत्यक्ष : ११ सांसद

देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरी सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रुपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

पौडेल पक्ष प्रत्यक्ष : नौजना

प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

समानुपातिक देउवा पक्ष : २८

बालकृष्ण खाण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी, अतहर कमाल मुसलमान, रामबहादुर विष्ट, पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान

पौडेल पक्ष १२

सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दीलेन्द्रप्रसाद बडू, कर्मा घले, विनोद चौधरी, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली, नमिताकुमारी चौधरी